Saturday, 27th Jul 2024
Nepal Micro Insurance Company Ltd.

सानो Insurance, ठुलो Care!

नेपाल माइक्रोइन्स्योरेन्सको भव्य उद्घाटन, सिमान्तकृत वर्गलाई समेट्न कार्यकारी निर्देशक पौडेलको निर्देशन

काठमाडौं । नेपाल माइक्रोइन्स्योरेन्स कम्पनीले आजदेखि व्यवसाय शुभारम्भ सहित उद्घाटन गरेको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले नयाँ माक्रोइन्स्योरेन्स कम्पनीको रुपमा स्थापित नेपाल माइक्रोइन्स्योरेन्स कम्पनीको उद्घाटन गरेका हुन् ।

गार्डियन सँगै यो व्यवसाय शुभारम्भ गर्नेमा दोस्रो कम्पनी हो । उद्घाटन कार्यक्रममा कम्पनीका सञ्चालक, प्रमुख शेयरधनी, स्थानीय स्तरका बैंकर, बीमक, व्यवसायी, कृषकहरुको उपस्थिती थियो ।

Courtesy:  Insurancekhabar.com
Image Courtesy: Insurancekhabar.com

नेपाल बीमा प्राधिकरणले कम्पनीलाई सम्पत्ती बीमा पोलिसी बिक्रीका लागि स्वीकृति दिएको छ । यसमा घर बाहेकका सम्पत्तीको मात्रै पोलिसी बिक्री गर्न पाइनेछ । कम्पनीले पहिलो बीमा दोभान टेलर्सको गरेको छ । कम्पनीले दोभान टेलर्सको १० लाख बराबरको बीमा गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कार्यक्रमलाई संबोधन गर्दै लघु बीमा कम्पनीले गाउँ गाउँमा गएर बीमाको पहुँच बढाउनु पर्ने बताएका छन् । उनले सिमान्तवर्गलाई धेरै भन्दा धेरै समेट्न अनुरोध समेत गरेका छन् । यसका लागि लघु बीमा कम्पनीहरुले नयाँ नयाँ बीमा पोलिसी जारी गर्न निर्देशन दिएका छन् । जीवन बीमा व्यवसायमा लघु बीमाको हिस्सा ०.१८ प्रतिशत मात्रै रहेको भन्दै कार्यकारी निर्देशक पौडेलले यसको हिस्सा क्रमश बढाउदै लैजानु पर्ने बताएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमालले अहिलेको अवस्थामा लघु बीमा कम्पनीलाई चुनौती सँगै अवसर पनि रहेको बताएका छन् । अहिले निर्जीवन बीमा कम्पनीहरुले गर्दै आएको ३६ अर्ब रुपैयाँको व्यवसायमा लघु बीमा मार्फत ६ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन भएको हुँदा यसमा चुनौती सँगै अवसर पनि रहेको रिमालको तर्क छ । उनले भने ‘लघु बीमाको बजार धेरै नै खालि छ त्यसैले हामीले सहजै व्यवसाय गर्न सक्छौ ।’ उनले थपे ‘यदि हामी गाउँ गाउँमा गएर बीमा गराउन सक्यौ भने बजार धेरै ठुलो  छ ।’

कम्पनीले नयाँ प्रविधिको प्रयोग गरेर आम मानिसहरु सँग भएको मोबाइल मार्फत नै बीमा गर्न सक्ने वातावरण बनाउने रिमालले प्रतिवद्धता समेत व्यक्त गरेका छन् । कार्यकारी निर्देशक पौडेलको निर्देशनलाई संबोधन गर्दै रिमालले गाउँ गाउँमा गएर सिमान्त वर्गलाई समेट्ने गरि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

कम्पनीमा दीपक भट्टको लगानी रहेको छ । ठुला तथा नाम चलेका व्यापारिक समूहको यो लघु बीमामा लगानी छ । कम्पनीमा ४८ जना लगानीकर्ताहरुको संस्थापकमा लगानी छ ।

यसमा सारथी क्यापिटलको सर्वाधिक धेरै ११ लाख १५ हजार कित्ता लगानी रहेको छ । सेन्ट्रम क्यापिटलले ७ लाख ३२ हजार कित्ता, इन्फिनिटी होल्डिङले ६ लाख कित्ता, टिटानियम क्यापिटलले ५ लाख ५० हजार कित्ता, रहिशा साख: श्रेष्ठ र हुलास अटो क्राफ्ट प्राइभेट लिमिटेडको ३/३ लाख कित्ता, प्रेम गुरुङ एण्ड ग्रुपको १ लाख २५ हजार कित्ता, प्रिन्टसेल इमेजिङ, सुलोचना अग्रवाल र लीला अग्रवालको १/१ लाख कित्ता संस्थापक सेयर छ ।

बीमा प्राधिकरणले सात वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दिएमा अहिलेसम्म चार वटाले मात्रै कारोबार शुभारम्भको तयारी रहेको थियो । यस मध्ये गार्डियनले उद्घाटन गरिसकेको छ भने नेपाल माइक्रोइन्स्योरेन्स दोस्रो कम्पनी बनेको छ । यस बाहेक दुई वटाले अन्तिम तयारी गरिरहेका छन् । अझै तीन वटाले कारोबार कारोबार गर्ने टुङ्गो छैन । जसमा एउटाले अझै पनि न्युनतम चुक्ता पूँजी जुटाउन सकेको छैन ।

calculator
calculator Web Accessibility
calculator Premium Calculator
Scroll to Top