बीमा प्राधिकरणले दियो सात कम्पनीलाई लघुबीमाको लाइसेन्स, कुन-कुनले पाए ? || Nepal Micro Insurance Company Ltd.
Search
बीमा प्राधिकरणले दियो सात कम्पनीलाई लघुबीमाको लाइसेन्स, कुन-कुनले पाए ?
News

बीमा प्राधिकरणले दियो सात कम्पनीलाई लघुबीमाको लाइसेन्स, कुन-कुनले पाए ?

Publication

काठमाडौं । बीमा प्राधिकरणले लघु बीमाका लागि ७ कम्पनीलाई लाइसेन्स वितरण गरेको छ । प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ ३ वटा लाई र निर्जीवन बीमा व्यवसायतर्फ ४ वटा कम्पनीलाई गरी कुल ७ कम्पनीलाई लघु बीमाको लाइसेन्स दिएको छ ।

प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सलाई लघु बीमाको लाइसेन्स दिएको हो भने निर्जीवन बीमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई लघु बीमाको लाइसेन्स दिएको हो ।