Search
लघु बीमा निर्देशन २०७९ जारी, ५० लाखसम्मको दायित्व बहन गर्ने (हेर्नुहोस् पुर्ण पाठ सहित)
समाचार

लघु बीमा निर्देशन २०७९ जारी, ५० लाखसम्मको दायित्व बहन गर्ने (हेर्नुहोस् पुर्ण पाठ सहित)

Publication

७ असार २०८०, बुधवार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु बीमा निर्देशन २०७९ जारी गरेको छ । लघु बीमा व्यवसायको विकास, प्रवर्द्धन तथा व्यवस्थापन गरी बीमा मार्फत न्युन आय वर्गको जीवन तथा सम्पत्तीको सुरक्षा गर्नका लागि बीमा ऐन २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको प्राधिकरणले जनाएको छ ।

लघु जीवन बीमा व्यवसाय अन्तर्गत बीमकले आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमा रहेका छन् । त्यस्तै लघु निर्जीवन बीमा व्यवसाय अन्तर्गत बीमकले घर सम्पत्ती तथा व्यवसाय लघुबीमा, मोटर लघु बीमा, इन्जिनियरिङ्ग लघुबीमा, दायित्व तथा मौद्रिक क्षति लघुबीमा र अन्य लघु निर्जीवन बीमा रहेका छन् ।