तेस्रो बार्षिक साधारण सभा स्थगितको सूचना || नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड
Search
तेस्रो बार्षिक साधारण सभा स्थगितको सूचना
सूचना

तेस्रो बार्षिक साधारण सभा स्थगितको सूचना

Publication

३० चैत २०८२, शुक्रवार

 

यस नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडकोे तेस्रो बार्षिक साधारण सभा मिति २०८३ साल बैशाख १० गते विहिबार (तदनुसार २३ अप्रिल, २०२६) का दिन चितवन मिडटाउन होटल, भरतपुर, चितवनमा दिनको ११.०० बजे बस्ने भनी मिति २०८२।१२।११ का दिन नेपाल समाचार पत्र राष्ट्रिय दैनिक तथा मिति २०८२।१२।२९ का दिन NEWS 24 राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरिएकोमा विशेष कारणले उल्लेखित मितिमा यस कम्पनीको तेस्रो बार्षिक साधारण सभा गर्न सम्भव नदेखिएको भनीे मिति २०८३।०१।०४ गते शुक्रबार, दिनको ३:३० बजे बसेको यस कम्पनीको संचालक समितिको ५२ औं बैठकको निर्णयानुसार उक्त सूचनालाई रद्द गर्ने र उल्लेखित मितिको तेस्रो बार्षिक साधारण सभा अर्को निर्णय भई सूचना प्रकाशन नभए सम्मका लागि स्थगित गर्ने निर्णय भएकोले यो सूचना प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ । साथै साधारण सभा स्थगित भएका कारणले शेयरधनी महानुभावहरुमा पर्न गएको असुविधा प्रति कम्पनी क्षमाप्रार्थी छ ।